
प्रतिष्ठानले विहीबार राजधानीको भृकुटीमन्डपमा आयोजना गरेको तेस्रो अन्तर दोहरीसाँझ राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा मानन्धरलाई सम्मान गरेको हो ।
सम्मानपछि बोल्दै अध्यक्ष मानन्धरले नेपालीको संस्कृति रहेमात्र नेपाली पहिचान रहने र यसको दरिलो आधार नै लोकगीत–संगीत भएको बताए ।
नेपाली गीत–संगीतले नै आफूलाई सन्चार क्षेत्रमा स्थापित गराएको भन्दै उनले लोकगीत–संगीतको क्षेत्रमा अझैपनि आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पाँच दिनसम्म चल्ने राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिताको विजेताले एक लाख पाँच हजार, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्