Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम अनुमोदन

काठमाडौं, असार २६ । प्रधान न्यायाधीशमा नियुक्तिका लागि सुशीला कार्कीको नाम अनुमोदित भएको छ । आइतबार संसदीय सुनुवाई समितिले प्रधानन्याधीशमा नियुक्तिका लागि कार्कीको नाम अनुमोदन गरेको हो । कार्र्की हाल कायममुकायम प्रधान न्यायाधीश हुन् । कार्कीको नाम अनुमोदन गर्नुअघि संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेको थियो । कार्कीविरुद्ध ६ वटा उजुरी परेका थिए ।