पर्वत, साउन १३ । लगातारको बर्षाका कारण आएको पहिरोले पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने बेनी–मालढुंगा सडक बुधबार रातिदेखि अबरुद्ध बनेको छ । पर्वतको नाङलिवाङ गाविस–९ स्थित फनफनेमा आएको पहिरोले मुस्ताङ र म्याग्दी जोड्ने एकमात्र सडक अबरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधन बीच बाटोमै अलपत्र परेका…