धनकुटा, असोज ५ । धनकुटाको पाख्रीबासमा बुधबार घर भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरले थिचिएर कार्कीको घटनास्थलमै मृत्यु भएको होे । सोही घरमा बास…