इलाम, कात्तिक १ । इलामको दानाबारी र महमाईबीचको माइखोलाको चन्डालघाटमा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ । जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा…