काठमाडौं, कात्तिक ९ । व्यवस्थापिका संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय समितिले बोलाएको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि समितिले आपत्ति जनाएको छ । नेपाल–भारत सम्बन्धका बारेमा छलफल गर्न समितिले आज परराष्ट्रमन्त्री डा. महतलाई बोलाएको थियो । तर मन्त्री नै उपस्थित नभएपछि समितिले आपत्ति जनाएको हो । बैठकमा सांसदहरुले मन्त्री डा. महतले समितिलाई वेवास्ता गरेर राष्ट्रप्रतिको जिम्मेवारी पूरा नगरेको…