कन्चनपुर, कात्तिक १२ । कन्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बाघ संरक्षणका लागि आयोजना गरिएको प्रथम बाघ महोत्सव शुक्रबार सम्पन्न भएको छ । ‘लोपोन्मुख प्रजातीका बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गरौं’ भन्ने नाराका साथ कात्तिक ९ गतेबाट महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा बाघको बासस्थान विस्तार, चोरी–सिकारी नियन्त्रण, बाघको अंग तस्करी नियन्त्रण तथा जंगली जनावर र मानवबीचको…