काठमाडौं, कात्तिक १८ । नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई विहीबार काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयले राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा एक विशेष दीक्षान्त समारोहको आयोजना गरी उनलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेको हो । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेका हुन् । काठमाडौं विश्वविद्यालयबाट…