Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीच भेटवार्ता


0
Shares

काठमाडौं, कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच बुधबार साँझ शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति पुनबीचमा भएको सो भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

भेटमा नेपालका तर्फबाट राष्ट्रपति मुखर्जीका सवारीमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा. सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा भारतका तर्फबाट भ्रमण दलमा रहेका सदस्यको सहभागिता रहेको थियो ।

यसअघि, राष्ट्रपति मुखर्जी काठमाडौंस्थित भारतीय दूतावासद्वारा आयोजित स्वागत् समारोहमा सहभागी भएका थिए । रासस