काठमाडौं, मंसिर २ । सर्वाेच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले विहीबार लिखित जवाफ पेस गरेका छन् । कार्कीका कान्छा ज्वाइँसमेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले एक हप्ताभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।…