काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली हुनुका साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ…