काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै कृषिमन्त्री अधिकारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न आग्रह गर्नुभयो । उहाँले विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने बताउनुभयो ।
कृषिमन्त्री अधिकारीले मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाउनु भयो । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्