झापा, जेठ ६ । झापाको बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ । कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने पावर टेलर र मकै छोडाउने मेसिन वितरण गरेको हो । नगरपालिकाले आठवटा कृषक समूहलाई पावर टेलर र २० वटा समूहलाई मकै छोडाउने मेसिन वितरण गरेको हो…