बुधबारदेखि राजधानीमा सुरु भएको विश्व प्रजातान्त्रिक युवा संघको साधारणसभालाई सम्बोधन गर्दै उनले जनताका चाहना र आवश्यकताअनुसार बनेको सरकार कुनैपनि शक्तिबाट विचलित नहुने उल्लेख गरे । उनले जनचाहना अनुसार विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न यो सरकार सक्षम रहेको बताउदै सबै दललाई यस अभियानमा साथ दिन आग्रह पनि गरे । ओलीले विश्वव्यापीरुपमा भएको परिवर्तनलाई आत्मसात् गर्दै…