विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न सरकार सक्षम : प्रधानमन्त्री • Image Khabar Image Khabar


विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न सरकार सक्षम : प्रधानमन्त्री


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १५:०३

विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न सरकार सक्षम : प्रधानमन्त्री

बुधबारदेखि राजधानीमा सुरु भएको विश्व प्रजातान्त्रिक युवा संघको साधारणसभालाई सम्बोधन गर्दै उनले जनताका चाहना र आवश्यकताअनुसार बनेको सरकार कुनैपनि शक्तिबाट विचलित नहुने उल्लेख गरे ।

उनले जनचाहना अनुसार विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न यो सरकार सक्षम रहेको बताउदै सबै दललाई यस अभियानमा साथ दिन आग्रह पनि गरे ।

ओलीले विश्वव्यापीरुपमा भएको परिवर्तनलाई आत्मसात् गर्दै राष्ट्रका लागि सिर्जनशील काम गर्न युवा समुदायलाई आग्रह गरे ।

सभामा नेपाल, भारत, बंगलादेश, श्रीलंकालगायतका राष्ट्रका २०० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्