काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । गएराति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको थियो ।उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र…