काठमाडौं, वैशाख १४ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा सहभागी हुन दुरुपयोग गरेका छन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री रावलले अछाम, बाजुरा र डडेल्धुरामा चार दिनसम्म आफ्नो पार्टीका कार्यक्रम साथै विद्यालय, मन्दिर, उदघाटन तथा अभिभावक भेलाजस्ता कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टर प्रयोग गरी राज्यस्रोतको दुरुपयोग गरेका हुन् । सेनाको एनए…