काठमाडौं । सरकारमा रहेको माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने अधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनमा देशभरका १२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक…