काठमाडौं, वैशाख २७ । नेपाल पत्रकार महासंघले सन्चार क्षेत्रका केही महत्वपूर्ण विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकामा असन्तुष्टि प्रकट गरेको छ ।महासंघका महासचिव उजिर मगरद्वारा सोमबार जारी विज्ञप्तिमा आर्थिक वर्ष २०७३÷७४ लागि प्रस्तुत् नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अनुगमन, आमसन्चार नीति कार्यान्वयन, पत्रकारको योग्यताको मापदन्ड, सन्चारमाध्यमको मापदन्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्नेलगायत…