Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


कलंकीमा मोटरसाइकललाई टिपरको ठक्कर, चालकको मृत्यु


0
Shares

काठमाडौं, वैशाख २७ । मोटरसाइकल दुर्घटनामा परी सोमबार चन्द्रागिरि नगरपालिका–२० बस्ने मिलन शर्माको मृत्यु भएको छ ।

बिहान ७ः१५ बजे थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा३ख ७५८६ नम्बरको टिपरले बा३१प ८१२७ नम्बरको मोटरसाइकललाई कलंकी श्यामा पेट्रोल पम्पअगाडि ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलचालक शर्माको उपचारकाक्रममा शिक्षण अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नगरपालिका–१४ बस्ने २३ वर्षीय अशोक महर्जनसमेत गम्भीर घाइते भएका छन् ।

टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस