काठमाडौं, वैशाख ३० । उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने ‘एमोनिया’ युक्त पानी वितरण गरिरहेको भेटिएको छ । शरीरलाई हानि पुर्याउने एमोनियायुक्त पानी पिउनयोग्य नभए पनि उनीहरु पिउने पानी भन्दै वर्षौंदेखि बेचिरहेका छन् । अनुगमन नहुँदा दिनहुँ लाखौं उपभोक्ताले त्यही पानी पिइरहेका छन् । उपत्यकामा रहेका विभिन्न स्रोतमध्ये स्वयम्भू…