Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


पिउन अयोग्य पानी धमाधम बेचिदैं


0
Shares

काठमाडौं, वैशाख ३० । उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने ‘एमोनिया’ युक्त पानी वितरण गरिरहेको भेटिएको छ ।

शरीरलाई हानि पुर्‍याउने एमोनियायुक्त पानी पिउनयोग्य नभए पनि उनीहरु पिउने पानी भन्दै वर्षौंदेखि बेचिरहेका छन् । अनुगमन नहुँदा दिनहुँ लाखौं उपभोक्ताले त्यही पानी पिइरहेका छन् ।

उपत्यकामा रहेका विभिन्न स्रोतमध्ये स्वयम्भू क्षेत्रको शोभा भगवती, चोभार क्षेत्रको चक्रतीर्थ, चावहिलको ज्वाला खानेपानी लगायत स्रोतमा अधिक मात्रामा एमोनिया भेटिएको खानेपानी ट्यांकर व्यवसायी संघले केही महिना अघि गरेको अध्ययनले देखाएको हो ।

अध्ययनमा सम्वद्ध व्यवसायीकै काम जनस्वास्थ्यविपरीत पाइएपछि प्रतिवेदन सार्वजनिक नगरिएको स्रोतको दाबी छ । –नागरिक दैनिकबाट