गणेश बानियाँ-जाजरकोट, जेठ ४ । जाजरकोट जिल्लाका उत्तरपूर्वी गाविसहरुका भिरमा २६ भन्दा बढी गिद्धहरुका गुँड यो बर्ष भेटिएका छन् । विश्वकै लोपोन्मुख सुन गिद्धको एउटा चल्लासहितको गुँड, हाडे गिद्धको एउटा चल्ला सहितको गुँड भेटिएका हुन् । जिल्ला पशु सेवा कार्यालय जाजरकोटमा कार्यरत पशुस्वास्थ्य प्राविधिक ४५ वर्षीय गोविन्दबहादुर सिंह गिद्ध संरक्षण अभियानमा लागेका छन् । उनी…