Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


वैदेशिक रोजगार विभागका लेखा अधिकृत आचार्यविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, जेठ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत् लेखा अधिकृत प्रकाश आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार अधिकृत आचार्यले एक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि सेवाग्राहीसँग रु १० हजार घुस रकम लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ परेका थिए ।

आयोगले लेखा अधिकृत आचार्यलाई बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरेको छ । रासस