ताप्लेजुङ, जेठ १६ । सुदुरपूर्वी जिल्ला ताप्लेजुङका पहिलो पत्रकार तथा सामाजिक अभियन्ता गोपीकृष्ण अधिकारीको निधन भएको छ । मुटु, मधुमेह तथा मृगौलाका विभिन्न रोगहरुबाट लामो समयदेखि पीडित अधिकारीको आज बिहान ७५ बर्षको उमेरमा निधन भएको हो । विसं. १९९८ साल फाल्गुण १० गते रामेछाप, कठजोरमा जन्मिएका र ताप्लेजुङ फुङ्लिङ वार्ड नं ५ स्थायी घर भएका…