चितवन, असार ९ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि अहिले १०ः३० बजेबाट यातायात सञ्चालनमा आएको छ । तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो…