काठमाडौं, असार २० । नेपाल–भारत प्रबुद्ध समूह, इमिनेन्ट पर्सन्स ग्रुपको पहिलो बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्रमन्त्री कमल थापाले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रक्रिया सुरु भएको बताए । उनले अहिलेको समयको आवश्यक्तालाई सम्बोधन गर्न सन् १९५० को सन्धीलगायत दुई देशबीचका विभिन्न सम्झौता तथा सहमतिहरुमा परिमार्जन आवश्यक भएको बताए…