काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध १ करोड ६६ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेढाईंले न्यू पाथिभरा सप्लायर्स, हेटौडासँगको सम्झौताका शर्त पूरा नहुँदासमेत उपमहानगरपालिकाका कर्मचारीको संलग्नतामा बालगङ्गा खोलाको गिट्टी, बालुवा उत्खनन एवं बिक्री वितरण गर्न दिएको आरोप छ ।…