काठमाडौं । सूर्यदर्शन सहकारीे ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल आज काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो । गोरखा ग्रुफ अफ कम्पनीका शेयरधनी समेत रहेका खनाललाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ…