काठमाडौं । सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको हो । त्यस्तै, सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेश प्रदेशका सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ…