काठमाडौं, कात्तिक ३ । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जना आइतबार पक्राउ परेका छन् । आइतबार अपराह्न कपनस्थित नीलोपुलनजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उक्त घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक, बाह्रबिसे घर भइ…