काठमाडौं, माघ १७ । नेपाल बार एशोसिएसनले भोजपुर निवासी तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त भएका षडानन्द नगरपालिका वडा नं १ निवासी ३८ वर्षीय तीर्थबहादुर राईलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले अदालत परिसरबाटै…