हेटौंडा । मकवानपुर प्रहरीले दुई किलो एक सय ग्राम लागुऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार विहान ९ बजे भीमफेदी गाउँपालिका–२ स्थित प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका कैलाश गाउँपालिका–२ का २१ वर्षीय राजन मोक्तानलाई अफिमसहित पक्राउ गरेको हो । मोक्तानको साथबाट लागुऔषध अफिमजस्तो देखिने पदार्थ २ किलो एक सय ग्राम…