सुशील गैरे, कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढिरहेको छ । यसैक्रममा यतिबेला लुम्बिनी प्रदेशअन्तर्गतको हटसिट मानिएको कपिलवस्तु क्षेत्र नम्बर– ३ मा उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदाताको मन जित्ने दौडमा छन् । प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र प्रतिस्पर्धीसम्मको सक्रियताले यहाँको चुनावी माहोल झन् तातेको छ । मतदाता भने विगतका प्रतिबद्धता र कामको…