Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउँदै नाम दर्ता गराएका छन्। पार्टीका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ६२ प्रतिशत समारोहमा उपस्थित भएका हुन्। यसअघि असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग उठेको थियो। संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए।