काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अधिकारीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैङ्कको गभर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल संवत् प्रयोग गर्नेबारे छलफल गर्ने बताउनुभएको हो । भेटमा उहाँले पाँच सय रुपैयाको नोट छपाइका…