काठमाडौं । प्रेस काउन्सिल नेपालले यहि फागुन २१ गते हुने निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ । देशभित्र रहेका आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको काउन्सिलले विगतमा झैं प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पनि पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएकाे विषयमा विशेष अनुगमन गरिरहेको स्मरण गराएको हो । काउन्सिलले पछिल्लो समय…