काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् । आबुधाबीस्थित नेपाली दूतावासले शनिवार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको अवस्थाबारे जानकारी दिएको हो । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये एक…