खेमराज दाहाल, उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयको कोष र पदीय मर्यादाको चरम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा नगरपालिकाले गठन गरेको छानबिन समितिले प्रधानाध्यापक खड्काले आर्थिक हिनामिना गरेको पुष्टि गरेको छ । यो घटनापछि अरु सामुदायिक विद्यालयहरुमा पनि यस्ता आर्थिक…