Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने सभापति देउवाकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुहुने भएकाे छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समिति बैठकलाई सम्बाेधन गरेर उहाँले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुहुने भएकाे हाे। कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र मंगलबारै सम्बोधन गरेर औपचारिकता दिने वार्तामा सहभागी एक जना नेताले बताएका छन् ।…