Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


दशैंलाई लक्षित गरी यातायात व्यवस्थापनमा भौतिक पूर्वाधार मन्त्रालयकाे विशेष तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालीहरूको महान पर्व बडा दशैं नजिकिंदै गर्दा यात्रुहरूको सहज यात्राका लागि यातायात व्यवस्थापनमा विशेष तयारी थालेको छ। जसका लागि मन्त्रालयमा शनिबार सरोकारवाला निकायका प्रतिनिधिहरूसहितकाे छलफल भएकाे हाे । साेही छलफलमा यात्रुहरूको चापलाई मध्यनजर गरी सडकको अवस्था, सवारी साधनको व्यवस्थापन, भाडादर र सुरक्षा जस्ता विभिन्न पक्षमा छलफल गरिएको छ…