काठमाडौं । प्रशिद्ध गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माद्वारा लिखित निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक गरिएको छ ।लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका शर्माको कृति ‘शब्दशिविर’ संविधान दिवसको अवसर पारेर सोमवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । शर्माको निबन्धकृति शब्दशिविरको उहाँका एक सय बर्षीय पिता निमानन्द शर्मा,माता ९५ वर्षीया शोभादेवी शर्मा, राज्यमन्त्री उमेश श्रेष्ठ,भाषाविद् माधवप्रसाद पोखरेल,साहित्यकार मोमिला…