काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव स्थगगित भएका क्याम्पसहरुमा पनि यही चैत १२ गते अघि नै निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै चुनाव रोकिएका क्याम्पसमा पनि तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन र १२ गतेभित्र सम्पन्न गर्न भन्नुभएको हो । चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने…