काठमाडौं । नेपालगञ्जमा गर्मी बढ्दै गएपछि विद्यालयमा दिइएको गर्मी बिदा लम्ब्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ गतेदेखि २३ गतेसम्म दिएको गर्मी बिदामा तीन दिन अझै थप गरिएको हो । आगामी आइतबारदेखि बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको जनाइएको छ । बाँकेका अन्य स्थानीय तहमा पनि गर्मीका कारण विद्यालय बन्द भएका छन् ।