काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । निजी विद्यालयका सञ्चालकले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतफी निर्णय गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए । सरकारले निजी…