Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कांग्रेस केन्द्रीय समितिमा शिक्षक संघ खारेजीको माग


715
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ ।

शिक्षकहरुको आन्दोलनलाई सम्मानपूर्वक र इज्जतपूर्वक व्यवसायिक बनाउनुपर्ने धारणा काग्रेसको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने कांग्रेसको भनाई छ ।

कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टीले समेत निर्णय गरेर सरकारसमक्ष आवश्यक माग राखेका छन् । विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।