काठमाडाैं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा शुक्रबार (वैशाख १८) टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय यूके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु…