Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


सहारा क्लब आहा राराको फाइनलमा

पाेखरा ।पोखरामा जारी २५औं आहा रारा गोल्डकपमा सहारा क्लव फाइनलमा पुगेकाे छ । पोखरा रंगशालामा आज भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई सडनडेथमा पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो । सहाराले मनाङलाई ७–६ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेट थपिएको थियो ।…