काठमाडौं । आसन्न निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाई सहयोग स्वरुप २ सयवटा सवारीसाधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट उपहार स्वरूप २ सय सवारीसाधन प्रदान गरेका हुन् । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सो सवारीसाधनमा १२० वटा सुरक्षा निकायले र बाँकी…