Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


वरिष्ठ लोकदोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन

काठमाडौं । नेपाली लोकदोहोरी संगीतकी धरोहर तथा ‘काठे भाका’की चर्चित गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी गुरुङको गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो । २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मनुभएकी इन्दिरा गोले गुरुङले नेपाली संगीतलाई पाँच…